Public Pana
बयान दिए लगत्तै किन बिदेश उडे विनाेद चाैधरी ?

काठमाडाै- नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् । 

 

 

उनी नियमित कामको शिलशिलमा विदेश गएका हुन् । चौधरी ग्रुपका महाप्रबन्धक मधुसुधन पौडेलका अनुसार चौधरीकाे प्रत्येक महिनाकाे २५ दिन जति स्वदेश वा विदेशकाे कामले बाहिर जानुपर्ने हुन्छ । ‘४० वर्षदेखि उहाँ यसैगरी विदेश जाने, आउने गर्नुहुन्छ । यो त्यसकै निरन्तरता हो ।’ पौडेलका अनुसार चौधरीको तीन दिनअघि नै श्रीलंका जाने कार्यतालिका थियो । काम विशेषले रोकिएका उनी आज गएका हुन् ।

चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update