Public Pana
सुन तस्करी प्रकरण : महराले भावुक हुदै भने  ‘चीनियासँग फाेनमा कुरा गरेकाे हुँ तर सुन तस्करी गरेकाे छैन ’

काठमाडाै- पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन  लगाएर महरासँग बयान लिएका हुन् ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । 

 

 

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । अनुसन्धान अधिकृतहरुसँग नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् । 

अनुसन्धानमा संलग्न एक सरकारी वकिलका अनुसार  महरा बयान गरिरहँदा निकै भावुक देखिएका थिए । उनले साेधेका सवै प्रश्नकाे जवाफ दिएका थिए ।   ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउछ र कुरा हुने गरेको  हुँ  महराले भने  ‘दिनहुँ धेरै फोन आउँछ कुरा हुन्छ तर, अहिले विस्तृत कुरा मलाई थाहै हुँदैन ।’

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका हुन् ।  

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । चिनियाँ नागरिक वाङ सुन ल्याउने समूहका सदस्य हुन् । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्णबहादुर महरालाई गुहारेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update