Public Pana
अमेरिकी डलरको मूल्य लगातार वृद्धि

काठमाडाै- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलर, पाउन्ड, अस्ट्रेलियन डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो मेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा थियो। 

मंगलबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा थियो। विगत तीन दिनदेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि भइरहेको छ। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा थियो।   त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २६ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update