Public Pana
फिनल्यान्ड फेरि विश्वको सबैभन्दा खुसी मुलुक, नेपाल भारत भन्दा अगाडी

काठमाडाै- वर्ल्ड ह्याप्पीनेस रिपोर्टले फिनल्यान्डलाई फेरि विश्वको सबैभन्दा खुसी मुलुक मानेको छ। ७ वर्षदेखि लगातार फिनल्यान्ड यो स्थानमा छ। 

खुसी मुलुकहरुको सूचीको शीर्ष स्थामा नर्डिक मुलुक छन्। नेपाल ९३औँ स्थानमा छ। छिमेकी भारत १२६ औँ स्थानमा छ भने उत्तरी छिमेकी चीन ६० औँ स्थानमा। 

सूचीमा रहेका १४३ मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा छ।  शीर्ष १० स्थानमा क्रमशः फिनल्यान्ड, डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्यान्ड्स, नर्वे, लक्जम्बर्ग, स्विट्जरल्यान्ड र अस्ट्रेलिया छन्।  कुवेत १३औँ र बेलायत २०औँ स्थानमा छन्। 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update