Public Pana
विदेशी मुद्रा :  डलर र पाउन्डको मूल्य उकालाे लाग्दा युरो र दिनार ओराेलाेतिर

काठमाडाै- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलर र पाउन्डको मूल्य बढ्दा अस्ट्रेलियन डलर, युरो, दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।  

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९६ पैसा थियो।  

 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९८ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३८ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ६६ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७२ पैसा थियो।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update