Public Pana
हुन्डी र सुन तस्करीमा अनुसन्धानमा रहेका ब्यपारी नरेश अग्रवालविरुद्ध  ८ करोडकाे सम्पती शुद्धीकरण मुद्दा दायर

काठमाडाै- हुण्डी र सुनको अवैध कारोबारमा संलग्न रहेका भनी आरोप लगाइएका विवादित व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ ।

मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतद्वय शिव हरि पोखरेल र विरेन्द्र बहादुर माझीको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानको आधारमा व्यापारी नरेश अग्रवालविरुद्ध ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको हो । 

अग्रवालको साथबाट बरामद भएको रकम १ करोड ९९ हजार र अमेरिकी डलर १ हजार ९९४ को हुन आउने नेपाली रकम तथा नरेश अग्रवालले दिवस कार्कीको नाममा बैंक खाता खोली गरेको कारोबारको ६ करोड ९० लाख ५७ हजार रुपैयाँ कारोबार गरेको तथा अन्य व्यक्तिसँग बरामद भई नरेश अग्रवालले दिएको रकम भनी पोल बयान गरेका समेतका आधारमा अग्रवालसँग ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँ बिगो कायम गरी सो रकमको दोब्बर रकम जरिवानाको मागदाबी लिई मुद्दा दायर गरिएको हो । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update