Public Pana
दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकियो, १२ गते फैसला सुनाउने

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको बिर्तामोडस्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले चैत १२ गते फैसला सुनाउने भएको छ। 

न्यायाधीशद्वय कुमार चूडाल र सांरगा सुवेदीको इजलासमा तीन दिनको लगातारको सुनुवाइपछि चैत १२ गते निर्णय सुनाउने दिन तोकेको हो। 

आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलगायत निकायका विरुद्ध २०७७ असारमा प्रसाईले दायर गरेको रिटको अन्तिम सुनुवाइ मंगलबार सकिएको हो। 

 

यसमा डा. गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको आरोप पनि लगाइएको छ।

प्रसाईले २०६८ सालमा शिक्षा मन्त्रालयबाट मेडिकल कलेज सञ्चालनका लागि मनसायपत्र प्राप्त गरेका थिए। त्यही मनसायपत्रका आधारमा उनले विभिन्न बैंकको ठूलो रकम ऋण लिएका छन्।

तर, उनले २०७४ सालपछि मनसायपत्र नवीकरण गराएका छैनन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update