Public Pana
कांग्रेसले भन्यो- गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

नेपाली कांग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ। मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन्। 

 

प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानबिन हुन नसक्ने बताउँदै उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर समेत नभएको भन्दै मुद्दालाई प्रभावित पार्ने गरी गृहमन्त्री पदमा बसिराख्नु नहुने उल्लेख गरे।

उनले भने, ‘पीडितहरुले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि त्यसमा प्राविधिक रुपमा सघाइरहेको थियो। तत्कालीन गृहमन्त्रीले छानबिन अगाडि बढाउन निर्देशन पनि दिनुभयो। समीकरण बदलियो र जो विरुद्ध अनुसन्धान गर्नुपर्ने हो, उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ। जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानबिन प्रक्रियामा बाधा हुने देखिन्छ । तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ।’

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update