Public Pana
महरालाई प्रचण्डको फोन– साथीहरुले अडान राख्न थाले  राजीनामा दिनुहुन्छ  कि निलम्बन गराै कमरेड ?

काठमाडाै- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डले फोन गरेका छन् । प्रहरी नियन्त्रणमै रहे पनि हाल नर्भिक अस्पतालमा रहेका महरालाई प्रचण्डले मङ्गलवार फोन गरेका हुन् । 

 

 

माओवादी केन्द्रको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठककै बिचमा प्रचण्डले महरालाई फोन गरेका हुन् । सो क्रममा प्रचण्डले प्रश्न उठिसकेकाले अब के गरौँ भनेर महरालाई सोधेका थिए । 

‘प्रधानमन्त्रीज्यूले महरालाई फोन गरेर आफै राजीनामा दिनुहुन्छ कि निलम्बन गरौँ भनेर सोध्नुभयो’, बैठकका सहभागी एक पदाधिकारीले भने, ‘यस विषयमा एक घण्टामा महराले जानकारी दिने बताउनु भएको छ ।’ महराको जवाफ आएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको ती पदाधिकारीको भनाइ छ ।

प्रधानमन्त्रीले पदाधिकारी वैठकमा आफू र पार्टीमाथि साथीहरुले निरन्तर प्रश्न उठाएरकाले तपाइले नै राजिनामा पठाए उपयुक्त हुने थियाे कमरेड भनि आग्रह गरेका थिए ।  राजिनाममा नआएमा निलम्वन गरेर अघि वढ्नुपर्ने पनि प्रचण्डले जानकारी उनलाई गराए ।  

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update