Public Pana
आजकाे माैसम : पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने

कोशी  प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगाएत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । 

 

 

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update