Public Pana
न्यूनतम साझा कार्यक्रम ल्याउदै सत्ता गठवन्धन 

काठमाडाै- सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम आज  सार्वजनिक गर्दैछन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ । 

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो । उक्त कार्यक्रम शीर्ष नेतालाई अध्ययनका लागि वुझाइएकाे थियाे ।  शिर्ष नेताकाे सुझावपछि  प्रधामन्त्रीले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका हुन् । सरकारले यसैमा टेकेर नयाँ बजेट निर्माण अघि वढ्ने दावी गरेकाे छ ।  
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए ।

कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए ।

कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update