Public Pana
महराविरुद्ध चार दिनको म्याद अनुमति, बिरामी भएका कारण हिरासत अवधि अस्पतालमा लैजान आदेश

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनुसन्धानका लागि हिरासतमा बस्न नपर्ने भएको छ। 

उनी हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका हुन्। जिल्ला अदालत काठमाडौंले चार दिन म्याद अनुमति दिँदै बिरामी भएका कारण उनलाई अस्पतालमा लैजान भनेको छ।  

 

पक्राउ गरेर काठमाडौं ल्याइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्न हिरासतमा राख्नका लागि म्याद अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। 

जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ।

429570910_404218549012517_5592106864324764569_n-1710766831.jpg

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update