Public Pana
सुन तस्करीमा पक्राउ परेका  पूर्व सभामुख महरालाई  आजै अदालत पेश गरिने

सुन तस्करीमा स‌लग्न भएको अभियोगमा पूर्व सभामुख एव माओवादी केन्द्रका उपाध्यक्ष कृण्णबहादुर महरा अन्तत: पक्राउ परेका छन्। उनलाई उपत्यकाबाहिरबाट पक्राउ गरिएको हो। 

उनलाई अहिले काठमाडौं ल्याइँदैछ। केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको जानकारी दिए।  

 

महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो। 

भेपमार्फत् भएको सुन तस्करीमा महराले चिनियाँ नागरिकसँग पटक–पटक कुरा गरेका थिए। कुराकानी गरेको उनले पनि अघिल्लो अभियोगपत्रमा स्वीकार गरेका थिए। तर तत्कालीन समयमा उनलाई प्रतिवादी बनाइएन।

उनका छोरा राहुल महरा भने प्रतिवादी हुँदै थुनामा गएका थिए। अब महराविरुद्ध पनि जिल्ला अदालतमा सुन तस्करीको मुद्दा दायर हुने छ। जिल्लाले थुनछेकपछि धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय लिने छ।
  
अहिले उनी पक्राउ मात्र परेको र बयान तथा थप अनुसन्धानपछि पुरक अभियोगपत्र दायर हुने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update