Public Pana
भेप मार्फत सुन तस्करी : पक्राउ परेका महराले दिएका थिए यस्ताे बयान 

काठमाडाै-  भेप मार्फत भएकाे सुन तस्करी प्रकरणमा आफूले चीनियाँ नागरिकलाई भेटेकाे र भन्सार अधिकृतलाई छुटाइदिन कुराकानी गरेकाे स्वीकार यसअघी नै गरेका थिए । महराले आफ्नाे बारेमा पार्टीभित्र र सार्वजनिक रुपमा कुरा उठेपछि उनी आफै नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान ब्यूराे (सिआईबी) पुगेर बयान दिएका थिए । स‌सदमा महरा र उनका छाेरा राहुल महरामाथि एमाले लगायतका दलका सा‌सदहरुले सदनमै कुरा उठाएपछि महरा सिआइबी पुगेका थिए ।  

नेकपा मा‌ओवादी केन्द्रका उपाध्यक्ष  रहेका  महराले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग १० वर्षदेखिको चिनजान रहेको बयान दिएका थिए । उनले आफू  फलफूल व्यवसायी रहेको  भनि आफूलाई चिनाएकाे दावी गरेका थिए ।  विगत १५ वर्षयता नेपालमै बस्दै आएका र नेपाली पनि बोल्ने वाङसँग पुरानो चिनजान रहेको उनले स्वीकार गरेका थिए । 
उनले वाङसँग आफूले टेलिफोनमा कुरा नगरेको तर भेटेको  पनि स्वीकार गरेका थिए । सुन तस्करीमा छानविनका लागि गठन भएकाे न्यायाधीश नेतृत्वकाे समितिमा पनि उनले त्यही कुरा गरेका थिए । समितिले उनकाे कुरालाई आधार बनाउदै माेबाइल डीएफएल परिक्षणमा पठाएकाे थियाे । ल्याव परिक्षणाकाे प्रतिवेदनपछि महराकाे टेलिफाेन सम्वादसहित अन्य कुरा समितिले अध्ययन गरेपछि अभियाेगपत्र लैजान सिफारिस गरेकाे थियाे । 

भन्सारमा आफ्नो इलेक्ट्रिक चुरोट (भेप) को सामान रोकिएपछि आफू जेलमा हुँदा चिनेका एक अधिकृतसँग कुरा गरेको उनको भनाइ थियो। तर सुनबारे वाङले केही नभनेको र आफूले पनि ती अधिकृतसँग कानुनसम्मत कार्य अगाडि बढाउन भनेको दावी उनले गरेका थिए । तर छानविन समितिले उनले भनेकाे भन्दा धेरै नै फरक पाएपछि अभियाेगपत्र दायर गर्न भनेकाे थियाे ।  

‘मसँग टेलिफोन भएको होइन, भेट भएको हो। इलेक्ट्रिक चुरोटको सामान आएको छ भन्सारमा भनेपछि भन्सारका साथीसँग कानुनअनुसार काम गर्नुहोला, रोक्नपर्ने भए रोक्नु, छोड्नुपर्ने हो भने छोड्नु, ढिला गर्नुपर्ने हो भने गर्नु भनेको हो। यत्ति हो कुराकानी भएको,’ उनले भने। उनले वाङले भन्सारमा इलेक्ट्रिक चुरोटको सामान रोकिएको भन्दा सुनको 'स' अक्षर पनि उच्चारण नगरेको बताए।

‘मैले केही इलिगल समान हो र भनेर सोधेँ। इलिगल होइन भने। इलिगल होइन भने के समस्या हो त भनेर भन्सारका साथीसँग कुराकानी भएको हो,’ उनले भने।

उनले तस्कर आरोपी ती व्यक्तिसँग छोरा राहुलको टेलिफोन पनि सुनसँग सम्बन्धित नभएको दावी गरे। भन्सारमा कुरा गरेका ती कर्मचारीसँग आफू जेल बस्दा चिनजान भएको उनले बताए। उनले भने, ‘म १०-१५ वर्षसम्म सरकारी पदमा छु। विगतमा जेलमा परेको बेला, जेलमै भएका एक साथी थिए अधिकृत । कुरा भइराख्थ्यो। छोड्नुपर्ने हो भने छोड्नु, जे गर्ने हो कानुनसम्मत गर्नु भनेको हो,’ उनले भने।

उनले सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनमा सघाउन आफू तयार रहेको पनि बताए। उनले भने, ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउन तयार छु भनेर भन्दै आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु। तर बेलाउँदैनन् त के गर्नु?’

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update