Public Pana
सुन तस्करीमा    माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडाै- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।  महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी स्राेतले  जानकारी दिएकाे छ । उपत्यका पक्राउ परेका उनलाई काठमाडौं ल्याइँदैछ । 
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।  

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उक्त अभियाेग दायर हुदाँ उनलाई सरकारी साक्षीकाे रुपमा राखेर उन्मुक्ती दिइएकाे थियाे ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्यकाे छानविन समितिले महरालाई उन्मुक्ती दिन गलत भएकाे भन्दै पुरक अभियाेगपत्र दायर गर्न सिफारिस गरेकाे थियाे । उक्त समितिकाे सिफारिसपछी गृहमन्त्री रवि लामिछानेलाई महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए । प्रतिनिधि सभामा पूर्व सभामुख तथा पटक पटक महत्वपूर्ण मन्त्रालयकाे जिम्मेबारी सम्हालेका उनीसहित उनका छाेरा पनि एकै अभियाेगमा मुद्दा खेप्ने भएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update