Public Pana
रुसको राष्ट्रपतिमा पुन: पुटिन आउने पक्का

रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ। रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले अहिलेसम्मको मतगणनामा पुटिनले ८८ प्रतिशत मतसहित जित सुनिश्चित गरेको जनाएको छ। यो जितसँगै वर्तमान राष्ट्रपति पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्।

रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो।

सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ। जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो। 

 

रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (बीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ।

पुटिन सन् १९९९ देखि रुसको सत्तामा छन्। बोरिस यल्तसिनले आफ्नो खराब स्वास्थ्यका कारण पुटिनलाई सत्ता सुम्पिएका थिए। त्यसयता उनले चुनाव हारेका छैनन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update