Public Pana
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

यसैगरी आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७३ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। 

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ।

क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ७० पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा तथा अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ८१ पैसा र बिक्री दर ८७ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४४ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँ रहेको छ

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update