Public Pana
दीपक मनाङेले छाडे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी त्यागेका छन्।  

मनाङेले समाजवादी पार्टी त्यागेकाले स्वतन्त्र सांसदकै हैसियता कायम गरिदिन गण्डकी प्रदेश सभा सचिवालयलाई आग्रह गरेका छन्। 

मनाङेले नेकपा एकीकृत समाजवादी दलको सदस्यको मान्यता र संसदीय अभिलेख सच्चाएर स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन भन्दै निवेदन दिएका छन्। 

 

यदि सांसदले आबद्ध दल छाडेको अवस्थामा दल त्यागसम्बन्धी कानुन आकर्षित हुन पुगे उनले पद नै गुमाउने जोखिम पनि छ।

उनी २०७९ को प्रदेश सभा निर्वाचन मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते आलोकनगरमै आएर एकीकृत समाजवादी पार्टी रोजेका थिए। 

उनले आइतबारदेखि नै लागु हुने गरी समाजवादीसँगको दलीय आबद्धता त्यागेको बताएकाभ छन्। केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका छन्। 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update