Public Pana
प्रा सूर्य सुवेदी ग्लोबल ब्रिटेनमा विश्व नागरिक

काठमाडाै- प्रा सूर्य सुवेदीको अक्सफोर्ड विश्वविद्यालय जीवन धेरै अर्थमा रुपान्तरणन्मुख रह्यो । तीन वर्ष डक्टोरल थेसिस लेखन र गहन अनुसन्धानको अवधिमा सुवेदीले खोज अनुसन्धानलाई एउटा प्यासनका रुपमा विकास गरे जसले गर्दा समग्रमा अन्तर्राष्ट्रिय कानून, मानवअधिकार र शान्तिको कानूनमा ज्ञानको दायरा अरु फराकिलो हुन सक्थ्यो ।

उपनिशदमा भनिएको छ, ज्ञान स्वतन्त्रताको माध्यम हो । त्यो स्वतन्त्रता सुवेदी आफ्ना लागि र आफ्नो शैक्षिक क्षेत्रमा उपयोग गर्न चाहन्थे । सुवेदीको डिफिल उनका हकमा एउटा राहदानी थियो स्वतन्त्र जीवनका लागि । उनी नेपाल वा बाहिर सरकारी जागिरलाई निरन्तरता दिन इच्छुक थिएनन् । उनी एउटा स्कलरका रुपमा आफ्नो आकांक्षा पुरा गर्न स्वतन्त्रता चाहन्थे जुन अवसर ब्रिटिश अध्ययन छात्रवृत्तिले दिएको थियो । 

डिफिल थेसिस विशिष्ट भएर पुरस्कार पाएपछि सुवेदीलाई त्यही थेसिस बोडलियन लाइब्रेरीमा धुलाम्मे बनाएर राख्नुको सट्टा पुस्तकका रुपमा 
रुपान्तरण गर्न मन लाग्यो । उनले डिफिल सुपरिवेक्षक प्राध्यापक क्रिष्टिन ग्रेसंगपनि ब्रिटिश शिक्षामा सम्भाव्य करिअरबारे परामर्श गरे । यद्यपि उनले डिफिलको अन्तिम वर्षमा अण्डरग्रयाजुएट्स विद्यार्थीलाई अन्तर्राष्ट्रिय कानून पढाइसकेका थिए । तर उनमा विद्यार्थीको ठूलो समूहमा धेरै प्रकारका विषयमा प्राध्यापन गर्न सक्ने आत्मविश्वास आइसकेको थिएन । 

उनले एकेडेमिक जागिरको अवसर खोज्न थालेका बेला युनिभर्सिटी अफ हलमा अन्तर्राष्ट्रिय कानूनमा अध्यापकको जागिर खुलेको थाहा पाए । सुवेदीले हलका आफ्ना पूर्व प्राध्यापकहरुसंग पनि सम्पर्क गरे । प्राध्यापकहरुको सुझावपछि उनले आवेदन दिए, सर्ट लिष्टमा छानिएर अन्तर्वार्ता भएपछि उनलाई स्वीकार गरियो । हल विश्वविद्यालयमा एलएलएममा डिस्टिङ्सन पाएको झण्डै चार वर्षपछि उनी फेरि हल युनिभर्सिटी फर्किए सन् १९९३ मा एक लेक्चररका रुपमा । 

ब्रिटेनको शैक्षिक करिअरमा उनको प्रारम्भिक पाइला थियो यो । अहिलेसम्म सुवेदीका १० वटा किताब र झण्डै ६० जर्नल लेखहरु प्रकाशित भइसकेका छन् जसले अन्तर्राष्ट्रिय कानून र मानवअधिकार क्षेत्रमा उनको ज्ञानको दायरा फराकिलो बनाइदियो । सुवेदीले ८६ देशका करिब २०० अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर आफ्ना भनाइ राखिसकेका छन् । सुवेदीले नेपाल र बेलायतमा शैक्षिक तथा प्राज्ञिक संगठनहरु पनि स्थापना गरेका छन् । उनका प्रकाशनहरुले नेपालसहित विभिन्न मुलुकको नीति निर्माण र मानिसहरुको जनजिविकामा धेरै प्रभाव पारेको छ । 

सुवेदी ब्रिटिश शिक्षामा पाइला टेक्न सक्षम भएकामा प्रसन्न छन् यद्यपि उनी आफ्नो क्षेत्रमा ढिलो ३४ वर्ष छंदा आए । चारजना परिवारको रेखदेख गर्नुपर्ने अवस्थामा लेक्चररको प्रारम्भिक तलब न्यून नै थियो । तलवको आधा मासिक ९५० पाउण्ड जति त फ्ल्याट भाडामै सकिन्थ्यो । केही ब्रिटिश ग्रयाजुएट्सहरु उनको अंग्रेजी उच्चारण ९एक्सेन्ट० प्रति शिकायत गर्थे किनकि त्यो बेला सुवेदीको जस्तो विदेशी स्वर सुनिने थिएन । सुवेदीले छिट्टै महशुस गरे कि शैक्षिक क्षेत्रमा जति सोचिएको थियो त्यो रस छैन् । 

सन् १९९० को प्रारम्भतिर इंग्ल्याण्डमा विदेशीमूलका लेक्चररहरु ज्यादै थोरै थिए । भाषिक विविधता अंगालिएको थिएन । आज त्यसको ठीक विपरित विश्व ग्लोवल भिलेजका रुपमा परिणत भएको छ र बेलायती समाज सांच्चिकै बहु सांस्कृतिक छ । ब्रिटेनमा झण्डै एकतिहाइ प्राज्ञहरु विदेशीमुलका रहेको विश्वास गरिन्छ । विद्यार्थीहरु मोबाइल जस्तै छन् र उनीहरुमा अन्तर्राष्ट्रिय दृष्टिकोण पाइन्छ । यद्यपि जब सुवेदीले सन् १९९३ मा हल युनिभर्सिटीमा पढाउन थालेका थिए अवस्था अहिले जस्तो थिएन । त्यसकारण उनले सन् १९९३ जुलाइमा हेगस्थित उच्च शिक्षाका लागि 
अन्तर्राष्ट्रिय संस्थामा पढाउने अफर स्वीकार गरे । एकतिहाइ तलव वृद्धि आफैंमा स्वागतयोग्य थियो । उनको नयां संस्था कूटनीतिक तालिम प्रतिष्ठान जस्तो थियो जुन डच सरकारबाट पूर्णरुपमा सञ्चालित थियो । त्यहां अध्ययनरत विद्यार्थीहरु विश्वभरबाट जुनियरदेखि करिअरको आधा बिताइसकेका कूटनीतिज्ञ र सरकारी कानून अधिकृतहरु थिए ।

सन् १९९४ जनवरी । सुवेदीको चार जनाको परिवार नेदरल्याण्ड्सका लागि फेरीमार्फत समुद्री यात्रामा निस्कियो आफ्नो सामान  बोकेर । नयां देशमा नयां जीवन, उच्च अपेक्षा । जब उनीहरु द हेगमा भाडाको घर पुगे, केही छिमेकी स्वागत गर्न आइपुगे । त्यसमध्ये एकजनाले सोध्यो रु बोस्नी हर्जगोभिनी रु त्यो समय पूर्व युगोस्लाभियामा गृहयुद्ध चर्किरहेको थियो । देश अशान्ति थियो, मानिसहरु नेदरल्याण्ड्ससहित अन्य युरोपेली मुलुक भागिरहेका थिए । 

अन्तर्राष्ट्रिय कानूनको मेक्का मानिने द हेगमा सुवेदी परिवारको जीवनचर्या फक्रिरहेको थियो । कयौं विदेशी कूटनीतिज्ञ, इन्टरनेशनल कोर्ट अफ जस्टिस ९आइसिजे० का न्यायाधीशहरु, युगोस्लाभिया ट्राइबुनल जस्ता अन्य अन्तर्राष्ट्रिय कानूनी संस्थाहरुमा कार्यरत  विज्ञहरु सुवेदीका साथी बने । उनको फराकिलो ठाउं भएको कार्यालय आइसिजे नजिक थियो जुन शान्ति दरबार जस्तै देखिन्थ्यो ।  

द हेग पुगेको एकवर्षमै सुवेदीले पदोन्नति र स्थायी कन्ट्रयाक्टको अफर पाए । सुवेदी परिवारले दुई तले घर किन्यो जहां आवास माथिल्लो तलामा र सडकबाट सिधै प्रवेशद्धार थियो । हेगका केही क्षेत्र समुद्री सतहभन्दा मुनी छन् । त्यो बेला विश्व तापमान र समुद्री सतह वृद्धि मुद्दाको तातो वहस भइरहेको थियो । सायद यसले पनि सुवेदी परिवार बढी सजग भएर पहिलो प्रोपर्टी त्यो पनि नयां देशमा  सुरक्षित र दिगो घर खरिद गरेको थियो । । तर एकमात्र समस्या भाषा थियो । 

न आफू बसेको देशको भाषा राम्ररी बोल्न आउंछ न सिक्न समय छ । सुवेदी अप्ठेरो परिस्थितिबाट गुज्रिए । यस्तो अवस्थाबीच सन् १९९६ मा हल विश्वविद्यालयले सुवेदीलाई सिनियर लेक्चररको स्थायी पोष्टमा अफर गरेपछि लालायित भए र बेलायत फर्कने निर्णय गरे । ब्रिटिश शिक्षाले प्रदान गर्ने उत्कृष्ट अनुसन्धान र प्रकाशन अवसरलाई उपयोग गर्न चाहन्थे सुवेदी । बेलायतको एकेडेमिक करिअरमा उदाउने उनको प्रमुख आकांक्षाले नै सुवेदीले अक्सफोर्ड विश्वविद्यालयमा डिफिल गरेपछि नेपालको सरकारी जागिर छाड्ने निर्णय गरेका थिए । 

त्यसकारण सुवेदी परिवारसहित सन् १९९६ मा बेलायतको हल फर्किए । आफ्नो अंग्रेजी उच्चारण सुधार्ने मनसायले उनले बीबीसी रेडियो फोर निरन्तर सुनेर कार्यक्रम प्रस्तोताहरुको नक्कल गर्न थाले । द हेगमा आफ्नो संस्थामार्फत सुवेदीले आइसीजे न्यायाधीशहरु वेरामन्त्री र कोरोमाबाट अदालतको नभनिएको नियम सिकेका थिए । आइसीजेमा वादी प्रतिवादी वकिलहरुले वहस गर्ने क्रममा बिस्तारै अर्थात एक मिनेटमा बढीमा सय शब्दसम्म बोल्नुपर्ने मापदण्ड हुन्छ । त्यसकारण सुवेदीले अध्यापनका बेला बिस्तारै बोल्न अभ्यस्त भए जसले गर्दा पढाएको कुरा राम्ररी बुझ्न विद्यार्थीलाई सहयोग पुग्यो । 

परिणामतः विद्यार्थीले उनको अध्यापनलाई उच्च अंक दिए । सोही समयमा रिसर्च आउटपुटका सवालमा उनको उर्वरता धेरै उच्च स्तरमा वृद्धि भयो । उनी सन् १९९३ मा लेक्चर हुंदै ६ वर्षको अवधिमै सन् १९९९ मा प्रोफेशर बने । सन् २००४ मा सुवेदी लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनको प्राध्यापक नियुक्त भए । सुवेदी उक्त विश्वविद्यालयको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय कानूनको प्राध्यापक भएका थिए । उनलाई विश्वविद्यालयको कानूनी पाठ्यक्रम अन्तर्राष्ट्रियकरण गर्न जिम्मा दिइयो । लिड्स विश्वविद्यालयले सुवेदीलाई नयां अन्तर्राष्ट्रिय कानूनका कार्यक्रम विकास गरि सेन्टर फर गभर्नेन्स  स्थापना गर्न स्वतन्त्रता प्रदान गरेको थियो जसले लिड्स ल स्कुललाई विश्वव्यापी नक्सामा राख्न सुवेदी सक्षम हुन्थे । 

विश्व नागरिकका रुपमा झन्झटिलो जीवन 

सुवेदीले आफ्नो शैक्षिक करिअरका क्रममा धेरै समय विश्वका अन्तर्राष्ट्रिय विश्वविद्यालयहरु भ्रमण गर्न, गेष्ट लेक्चर दिन, सम्मेलनहरुमा कार्यपत्र प्रस्तुत गर्न र मानव अधिकारसम्बन्धि असाइनमेन्ट्सहरु हेर्न खर्चिए । 

ग्लोवल सिटिजनका रुपमा नियमित भ्रमण गर्दा उनका सामु कयौं चुनौतिहरु आए । तिमध्ये केही अध्यागमन र भिजा अफिसर्ससंग भए । सन् २००१ मा न्यूयोर्कमा भएको सेप्टेम्बर ११ को हमलादेखि त्यो अनुभूति गर्नु परयो । आफ्नो व्यस्त र दुर यात्राका कारण सुवेदीलाई कयौं पटक असहज परिस्थिति सामना गर्नु परेको छ । उदाहरणका लागि, दुई साता अध्यापन गरेर सुरिनेमबाट आर्मसटर्डम हुंदै लन्डन फर्कने क्रममा उनी दुवै देशका विमानस्थलमा झण्डै गिरफ्तार भए । आर्मस्टर्डममा जहाज चढ्न जांदा उनलाई सुरक्षा गार्डले रोकेर पासपोर्ट देखाउन भने । जब त्यो गार्डले सुवेदीको नेपाली पासपोर्टमा डच र ब्रिटिश आवासीय भिसा देख्यो, उसले तपाईं कहां बस्ने भनेर सोध्यो । उनले इंग्ल्याण्ड र नेदरल्याण्ड्स दुवै देशमा बस्छु भने किनकि द हेगमा उनले पहिला काम गरेको संस्थामा इष्टर होलिडेका बेला पढाउन बोलाइएको थियो । पासपोर्टमा सुरिनेमिज भिजा पनि देखेपछि सुरक्षा गार्ड झन् आशंका गर्न थाल्यो र सोध्यो, तिमी नेपाली, तर इंग्ल्याण्ड र नेदरल्याण्डमा बस्छु भन्छौ । किन दुई देशमा रु अनि सुरिनेममा के गरिरहेका थियौ रु

एयरक्राफ्टमा बोर्डिङ गर्नबाट रोक्न र थप केरकार गर्न त्यो सुरक्षा गार्डले आफ्नो लाइन म्यानेजरलाई बोलायो । भाग्यवश लाइन म्यानेजर अलिक विवेकी देखिन्थ्यो । उसले सुवेदीको राहदानी जांच्यो र सुरिनेममा के गरेका थियौं भनेर सोध्यो । उसले ट्रपिकल ९उष्णप्रदेश० फूलहरुको गुच्छालाई नजिकबाट नियाल्यो जुन सुवेदीले कोकिलाका लागि सुरिनेमबाट बोकेर ल्याएका थिए । लाइन म्यानेजरले ऊ नेपाली हो कुनै शंकास्पद लिष्टको देशबाट होइन । ऊ कानूनको विद्यावारिधि पनि हो । उसले सुन्दर फूलहरुको गुच्छा बोकिरहेको छ, सायद उसले कसैलाई माया गर्छ र आफ्नो जीन्दगीलाई । अन्त्यमा सुवेदीलाई लन्डन जाने जहाज चढ्न दिइयो ।  

उनलाई यो भन्दा सास्ती लन्डन हिथ्रो विमानस्थलमा परयो । उनी हिथ्रोबाट एकसय पटक भन्दा बढी आवतवाजत गरिसकेका थिए तर यसअघि कहिल्यै लगेज खानतलासी भएको थिएन । दुई सुरक्षा गार्डले पहिलो सुटकेज खोल्न माग गर्दै नजिकबाट हेरिरहे । जब उनीहरुले सुटकेसमा कानूनका बिकताब र कागजपत्रहरु देखे, उनीहरुले लगेजमा किताब बोकेका व्यक्तिलाई नखोजेको बताएर जान दिए । 

अर्को त्यस्तै घट्ना पनि भयो । सुवेदी एउटा सम्मेलनमा भाग लिन जापान जाने तरखरमा थिए । नेपाली राहदानीबाहक भएकाले उनी भिसाका लागि जापानिज दूतावास जानु पर्दथ्यो । उनले दूतावास जानु अघि आवश्यक कागजात नछुटुन् भनेर त्यहां फोन गरे । यद्यपि, सुवेदी दूतावास पुगेपछि डेस्क क्लर्कले उनको नेपाली राहदानीमा 
हेरयो र यूकेमा कानूनको प्राध्यापक भएको विश्वास नगरि रोजगारदाताबाट अतिरिक्त पत्र ल्याउन भन्यो । 

सुवेदी आक्रोशित हुंदै भने, म जापान शरणार्थीका रुपमा प्रवेश गर्न खोजेको होइन् । म युनिभर्सिटी अफ टोकियोको निम्तोमा लेक्चर दिन र एक सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न जान लागेको हुं । 

सुवेदीले युनिभर्सिटी अफ टोकियोको निमन्त्रणा पत्र देखाएर आफूलाई ब्रिटिश नागरिक नभइ नेपाली भएकै आधारमा अतिरिक्त पत्र मागिएको भन्दै आफ्नो आक्रोश व्यक्त गरे । यसपछि डेस्क क्लर्क उसको माथिल्लो तहको सहकर्मी कहां गयो र परिणामतस् उनलाई तुरुन्त भिजा दिइयो । 

ब्रिटिश सरकारबाट सरप्राइज

अन्तर्राष्ट्रिय कानूनका विविध क्षेत्रमा अनुसन्धान, लेखन र प्रकाशनमा व्यस्त भइरहेका बेला त्यो दिन सुवेदीको जीवनमा एउटा महत्वपूर्ण र खुशीको दिन रह्यो । उनले बेलायती विदेश मन्त्रालय ९एफसीओ० बाट एउटा पत्र पाए जसमा लेखिएको थियो, अन्तर्राष्ट्रिय कानून र ब्रिटेन नेपाल सम्बन्ध प्रगाढ बनाउन गरेको योगदानका कारण तपाईं अनररी अफिसर अफ दि अर्डर अफ दि ब्रिटिश एम्पायर ९ओबीइ० बाट सम्मानित हुंदै हुनुहुन्छ । 

एफसीओले १३ अक्टोबर २००४ मा जारी गरेको प्रेस विज्ञप्तिमा ओबीइको प्रकृति, उनको अन्तर्राष्ट्रिय कानूनमा योगदान र उपलब्धिबारे उल्लेख थियो । 


प्रा सूर्य सुवेदीस् महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक बायोग्राफीको अध्याय ७ को प्रमुख अंश यहां प्रस्तुत गरिएको हो। लन्डनमा रहेका पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलको लेखन सम्पादन रहेको उक्त बायोग्राफी यही शनिबार लोकार्पण हुंदैछ।  

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update