Public Pana
बाबुरामकाे पार्टी   फुट्यो , यादव पक्षले गर्‍यो माओवादी केन्द्रसँग एकता

 डा बाबुराम भट्टराई र महिन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा विभाजन आएको छ। यादव पक्षले माओवादी केन्द्रसँग एकताको सहमति गरेको छ।

शनिबार बिहान दुवै पक्षका नेताहरूको बैठकले एकताको सहमति गरेको हो। बैठकपछि जारी प्रेस नोटको दोस्रो बुँदामा भनिएको छ, ‘बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ।’

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको प्रेस नोटमा उल्लेन छ। 

 

शनिबारको बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो। बैठकमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङको पनि सहभागीता रहेको थियो। नेसपाको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादव सहभागी थिए।

पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा रहेका छन्। कार्यदलमा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन्।

एकता प्रक्रियामा नेसपाकै अर्का अध्यक्ष डा बाबुराम भट्टराई पक्ष सहमत छैनन्। सो पक्ष अहिलेको एकता प्रक्रियामा असन्तुष्ट छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update