Public Pana
सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन्। उनी काठमाडौंको टोखाबाट पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन्। 

 

प्रहरी प्रधान कार्यालय स्रोतले पुनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि उनी छानबिनको दायरामा परेका थिए । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update