Public Pana
प्रधानमन्त्रीलाई गृहमन्त्रीले बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन , हाेला त तस्करीमा स‍लग्नमाथि कारबाही ?

काठमाडाै- गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले विहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । 

गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सरकारको मुख्य नारा सुशासन हो । त्यसैले तेरो–मेरो भन्ने कुरा छैन, कानुनी रुपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुस् भनेर प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’ 

गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update