Public Pana
१४ किलाे सुन तस्करी प्रकरण : प्लाटिनम कलेजका सीईओ गुरुङ विरुद्ध मुद्दा चलाउने सरकारी बकिलकाे राय

१४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयले राय दिएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको हो । 

 

 

गुरुङबारेको अनुसन्धान प्रतिवेदन भन्सार कार्यालयले काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । 

गुरुङ डिल्लीबजारमा संचालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । विमानस्थल भन्सार कार्यालयका एक जना अधिकृतका अनुसार गुरुङविरुद्ध शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्ने तयारी छ । भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले उनीसँग १ अर्ब ४० करोड बिगो मागदावी लिन राय दिएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update