Public Pana
सुन तस्कारीमा संलग्न भएकालाई कठोर कारवाही गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । 

बिहीबार आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले आयोगले सुझाएका बिषयमा गृहप्रशासनले कठोर रुपमा कदम चाल्ने प्रतिबद्धतना जनाउनुभयो ।

उहाँले अनुसन्धानमा कोही दोषी भए कारवाही गर्ने भन्दै सुन तस्करीमा संलग्नलाई छोडिएको भए त्यसमा पनि गृह प्रशासन कडा रुपमा लाग्ने बताउनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत भएको सुन तस्करीलगायतका विषयमा छानबनि गर्न सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । सो आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update