Public Pana
मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाै- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

शारदा नगरपालिका वडा नम्बर ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । 

अनुसन्धानका क्रममा तत्कालीन वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) बुझेको पाइएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारले जनाएको छ । 

 

पाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको पुष्टि भएको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update