Public Pana
तीन प्रदेश प्रमुख पदमुक्त 

काठमाडाै-  तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन् । सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो ।

sadf-1710327236.jpg

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update