Public Pana
राप्रपा अध्यक्षद्वारा प्रतिनिधिसभा सदस्यबाट  राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामाको घोषणा गरेका छन्।

मंसिर ४ गतेपछि पनि संसदको आयुको कायम राख्ने सरकारको निर्णयपछि आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्।

राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिन लागेको बताए ।

 

'संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,' उनले भने।

लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update