Public Pana
हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना

 

पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।

 उनी ललितपुरको मेडिसिटीमा भर्ना भएको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनमा घाँटीको समस्याका साथै उच्च ज्वरो रहेको बताइएको छ । उनी अस्पतालको ईएनटी डिपार्टमेन्टमा उपचाररत रहेको पाठकले बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update