Public Pana
डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक
डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा प्रोमो सुट गर्नका लागि रेखाले १० करोड पारिश्रमिक लिएकी छन् ।
अबैध आप्रवासीमाथी बेलायतकाे कडाइ, छापा स्थानमै पुगे प्रधानमन्त्री सुनक
अबैध आप्रवासीमाथी बेलायतकाे कडाइ, छापा स्थानमै पुगे प्रधानमन्त्री सुनक भारतीय मुलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन्।
कफी विद करणमा आउँदै शाहरुख र आर्यन
कफी विद करणमा आउँदै शाहरुख र आर्यन शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई पाहुनाका रुपमा स्वागत गर्दैछन् ।
मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत मिटर वितरण
मिर्चैया वितरण केन्द्रद्वारा विपन्न घर–परिवारलाई निःशुल्क विद्युत मिटर वितरण कार्यक्रममा मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज कुमार शर्माले विद्युत मिटर जडान गर्न नसक्ने विपन्न परीवारलाई प्राधिकरणले सामाजिक दायित्व अन्तर्गत निशुल्क मिटर प्रदान कार्य आजबाट सुरुभएको बताए।
आदिपुरुष विवाद : नकारात्मक समीक्षा हटाउन पैसाको लोभ !
आदिपुरुष विवाद : नकारात्मक समीक्षा हटाउन पैसाको लोभ ! अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
५२.२६ अंकले बढ्याे सेयर बजार
५२.२६ अंकले बढ्याे सेयर बजार सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।
जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतराप्रति चिन्ता
जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतराप्रति चिन्ता वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएकोमा एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । यस प्रकृयालाई राम्ररी नबुझेसम्म यस समस्याको भरपर्दो समाधान निकाल्न नसकिने विषय उनीहरुको छ ।
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती
आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।
दोस्रो वरियता दिए एमालेमा फर्किन्छु: बामदेब गौतम
दोस्रो वरियता दिए एमालेमा फर्किन्छु: बामदेब गौतम आफूलाई दोस्रो वरीयताको भूमिका दिएमा पार्टी एकताका लागि काम गर्ने बताएका गौतमलाई अध्यक्ष ओलीले आफू सकारात्मक रहेको र यसबारे नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । 
प्रदेशको नाम अंकमा लेखेपछि पर्यटन मन्त्रालयको छलफल संसदकाे कार्यसूचीबाट हटाइयो
प्रदेशको नाम अंकमा लेखेपछि पर्यटन मन्त्रालयको छलफल संसदकाे कार्यसूचीबाट हटाइयो आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल कार्यसूची थियो । तर, कोशी प्रदेश उल्लेख नगरेर प्रदेश १ लेखिएको भन्दै एमालेले आपत्ति जनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको छलफल कार्यसूचीबाट हटाइएको छ...
बाढिपहिरोले ५० करोडको क्षति, १० दिनभित्र बेलिब्रिज तयार गर्ने: मन्त्री प्रकाश ज्वाला
बाढिपहिरोले ५० करोडको क्षति, १० दिनभित्र बेलिब्रिज तयार गर्ने: मन्त्री प्रकाश ज्वाला विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणकोको काम थालिएको
भारतीय टोलीले नेपालभित्र जमिन नाप्यो: नेपालीले सुँईको पनि पाएनन्: सांसद डोलप्रसाद अर्याल
भारतीय टोलीले नेपालभित्र जमिन नाप्यो: नेपालीले सुँईको पनि पाएनन्: सांसद डोलप्रसाद अर्याल आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्यालले भारतीय प्राविधि टोली नेपाल प्रवेश गरेर भूमि नापजाँच गर्दा पनि सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाएका हुन् । 
Weather Update