Public Pana
नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बसको उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन
नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बसको उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको जानकारी दिदै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशिन दिएको बताएका छन् । 
कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु
कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी
त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।
रौतहटमा छुट्टाछु्टै घटनामा ४ जनाको मृत्यु
रौतहटमा छुट्टाछु्टै घटनामा ४ जनाको मृत्यु आज बिहान सवा ८ बजेको समयमा  गौर नगरपालिका १ स्थित ट्रान्सफर्मर चोक बस्ने बर्ष ६० को पवन अग्रवालले घर पछाडिको पोखरीको डिलमा  फुल टिप्ने क्रममा खुट्टा चिप्ली पोखरीमा लडि डुबी अचेत भएका थिए।
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभा स्थगनबारे नेताहरुबीच आरोप प्रत्यारोप
राष्ट्रिय सभा स्थगनबारे नेताहरुबीच आरोप प्रत्यारोप राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यहरूको असहमतिको बावजुद पनि अचानक राष्ट्रियसभाको बैठक स्थगित भएकोमा उनीहरूले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् ।
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अव नचाहिने
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अव नचाहिने मन्त्रिपरिषद्को बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने प्रस्ताव हाललाई कार्यान्वयन नगर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सुचिकृत गर्ने निर्णय पनि भएको शर्माले बताएकी छन् । 
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८३ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ८३ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८३ जनाको मृत्यु भएको हो । 
शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिशेष कार्ययोजना बनाएको पुर्वमन्त्री यादवको दावी
शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न बिशेष कार्ययोजना बनाएको पुर्वमन्त्री यादवको दावी मन्त्री यादवले अल्पकालिन र दिर्घकालिन कार्यायोजना बनाएर देशभरकै ठुला सरकारी अस्पतालमा लागू गर्न चाहेको भन्दै मन्त्रालयले त्यसको कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो
११ महिनामा १३ खर्ब २७ अर्ब रेमिट्यान्स भित्रियो राष्ट्र बैंकले बुधबार सार्बजनिक गरेको रिपोर्टमा अघिल्लो आवको तुलनामा चालू आवको ११ महिनामा १९.३ प्रतिशतले रेमिट्यान्स भित्रिएको उल्लेख छ । रेमिट्यान्स अमेरिकी डलरमा ९ अर्ब ९८ करोड पुगेको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।
Weather Update