देशैभरका प्याराग्लाइडिङ उडानमा रोक
सोमबार, असोज ३१, २०७९
अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट
शुक्रबार, असोज २८, २०७९
भेटघाटका अवसरमा विश्व बैंकद्वारा सञ्चालित कार्यक्रमको प्रगति विवरणमाथि छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
नेप्सेमा झिनो अङ्कको सुधार
बिहीबार, असोज २७, २०७९
कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरु सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार सात सय ८९ बराबर कायम भएको छ ।
चुनावका बेला अर्थमन्त्री अमेरिकामा
बुधबार, असोज २६, २०७९
अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका हुन । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।
सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो
सोमबार, असोज २४, २०७९
बजार आज २७.१६ अंकले घटेर १८७१.२२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३६ अंकले घटेर ३६६.८४ को विन्दुमा ओर्लेको छ।
दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने
शुक्रबार, असोज १४, २०७९
दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगञ्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती...
समस्याग्रस्त सहकारीमा बचत गर्नेको पैसा धमाधम फिर्ता गरिँदै
बिहीबार, असोज १३, २०७९
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ ।
कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु
मंगलबार, असोज ११, २०७९
कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
आइतबार, असोज ९, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब १३ मा ओर्लेको छ ।
ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन राष्ट्र बैंकलाई चेम्बरको आग्रह
आइतबार, असोज ९, २०७९
कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउन चेम्बरले माग गरेको छ । उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न चेम्बरले आग्रह गरेको छ
‘आर्थिक तरलताका कारण उद्योग धरासायी हुने अवस्थामा’
शनिबार, असोज ८, २०७९
नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उहाँले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताउनुभएको हो ।
नेपाल सरकार र विश्व बैंकबीच करिब ५३ अर्ब रुपैया सहुलियतपूर्ण ऋण दिने सम्झौता पत्रमा हस्ताक्षर
आइतबार, असोज २, २०७९
अर्थ मन्त्रालयमा आइतवार विश्व बैंक र अर्थ मन्त्रालयबीच डिजिटल विकास र क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि सम्बन्धी पूर्वाधार विस्तारका लागि करिव ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत ऋण सम्झौता भएको हो ।