Public Pana
संसद् सचिवालय शपथको गृहकार्यमा
संसद् सचिवालय शपथको गृहकार्यमा नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।
सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय
सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता
राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयीक विषयमा कुरा भएको बताइएको छ ।
संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन
संसदीय दलको नेता छान्न कांग्रेसद्वारा निर्वाचन समिति गठन पार्टी मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकले भीष्मराज आङ्देम्बे संयोजकमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादी निर्णय
सांसदहरूको सपथग्रहणपछि मात्रै सरकार गठनबारे छलफल गर्ने माओवादी निर्णय पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए ।
प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको महासचिव गौतमको भनाइ
प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे आफूले निर्णय नगरेको महासचिव गौतमको भनाइ उनले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धित सबै निकायलाई जानकारी मात्रै गराएको बताए ।
गण्डकी कांग्रेसको निर्णयः आफ्नै नेतृत्वमा प्रदेश सरकार
गण्डकी कांग्रेसको निर्णयः आफ्नै नेतृत्वमा प्रदेश सरकार आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए ।
कांग्रेस संसदीय दलको नेतामा देउवा कि गगन ?
कांग्रेस संसदीय दलको नेतामा देउवा कि गगन ? आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ ।
सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । 
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा
साढे दुई वर्षभित्रै संसद् विघटन हुन्छः कमल थापा निर्वाचनमा निराशाजनक परिणामका बाबजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टड्कारो रुपमा रहेको उनको भनाइ थियो । 
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 
Weather Update