Public Pana
प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई
प्रचण्डलाई बधाई, अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आइतबार भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । र उक्त सहमतिअनुसार संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न एमाले, माओवादी केन्द्रसहित दलका शीर्षनेता राष्ट्रपति कार्यालय पुगेका छन् । 
कांग्रेससहित ३ दल सरकार बाहिर
कांग्रेससहित ३ दल सरकार बाहिर आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो । एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी बैठकले नै सरकारमा नजाने निर्णय गरेको हो । प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमालेसहित ७ दल तथा स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका छन् । 
प्रचण्डलाई थप तीन सांसदको समर्थन
प्रचण्डलाई थप तीन सांसदको समर्थन प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । 
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे (फोटो फिचर)
प्रचण्डले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको दाबी पेस गरे (फोटो फिचर) एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीको समर्थनसहित प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् । 
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै
मुख्यमन्त्रीहरूले लुम्बिनी प्रदेशमा सम्मेलन गर्दै २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको हो ।
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ
माओवादी केन्द्रका दुई सांसदले लिए शपथ शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका  रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । 
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा
प्रचण्डको सन्देश लिएर प्रकाशमान सिंह बालुवाटारमा दुई नेताबीच सरकार गठनको विषयलाई लिएर कुराकानी भएको थियो । नेता सिंहका सहयोगी युपी लामिछानेका अनुसार संसद्को ठूलो दल भएकाले पहिलो चरणमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे
रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।
मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन
मधेसी भाषामा सपथ लिएको विरोधमा सिके राउतकै निर्वाचन क्षेत्रमा पुतला दहन राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुतला दहन समेत गरेका हुन् ।
माओवादी दलको नेतामा प्रचण्ड
माओवादी दलको नेतामा प्रचण्ड माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।  माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो । 
राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु
राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए
शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् । 
Weather Update