Public Pana
माघीपछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी
माघीपछि प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी टिकापुर घटनामा संलग्नता रहेको आरोपमा जेलचलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन
सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र
२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।   
लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु
लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।
झलनाथ खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने
झलनाथ खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् । 
जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने
जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ । 
पोलिटब्युरो बैठकमा माधव नेपालले भने- एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन
पोलिटब्युरो बैठकमा माधव नेपालले भने- एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । ‘देशको राजनीतिक आफ्नै जटिलता छन्। हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन। कुनै पनि शक्तिको पछि लाग्दैन। हामी आफ्नो देश अघि बढाउन चाहन्छौं। हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ नेपालले...
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि केन्द्रीय भागबन्डा पर्खर्दै दलहरू
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि केन्द्रीय भागबन्डा पर्खर्दै दलहरू तर सुदूरपश्चिममा कसकाे नेतृत्वका सरकार बन्ने भन्ने टुंगाे अझै लाग्न सकेको छैन । केन्द्रमा रहेको सत्ता साझेदार दलहरूबीच प्रदेश नेतृत्वको भागबन्डा नमिलेका कारण सुदूरपश्चिममा अझै कसले नेतृत्व गर्ने भन्ने टुंगाे नलागेको प्रदेश सभा सदस्य तथा एमालेका प्रदेश सचिव धर्मराज पाठकले बताए । ‘केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले कुन प्रदेशमा कसले ...
मुसिकोट नगरपालिकामा पुन: मतगणना गर्नुनपर्ने उच्च अदालतको फैसला
मुसिकोट नगरपालिकामा पुन: मतगणना गर्नुनपर्ने उच्च अदालतको फैसला पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुन: मतगणनाको मागसहित दायर गरेकाे मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।
वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले
वरीयता नमिलेको भन्दै असन्तुष्टि जनाएका उपप्रधानमन्त्री नारायणकाजी मन्त्रालय जान थाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ...
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु 
एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक सुरु  कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ । 
नयाँ सरकारको टुंगो छैन, बागमती प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय
नयाँ सरकारको टुंगो छैन, बागमती प्रदेशमा सभामुख र उपसभामुखको निर्वाचन मिति तय आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको...
Weather Update