Public Pana
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहन निर्देशन दिने निर्णय भएको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनियुक्त मन्त्रीहरूले लिए शपथ राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् । विस्तारसँगै मन्त्रिपरिषदको संख्या २२ पुगेको छ । जसमा प्रधानमन्त्री, चार उपप्रधानमन्त्री, १५ मन्त्री र दुई राज्यमन्त्री छन् ।
मन्त्रीपरिषद् विस्तार, कुन पार्टीबाट को को बने मन्त्री ? हेर्नुहाेस्
मन्त्रीपरिषद् विस्तार, कुन पार्टीबाट को को बने मन्त्री ? हेर्नुहाेस् एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् । यस्तै, एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, डा. विमला...
प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री
प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।
ठेकेदार पृष्ठभूमिका विक्रम पाण्डे अब सहरी विकासमन्त्री
ठेकेदार पृष्ठभूमिका विक्रम पाण्डे अब सहरी विकासमन्त्री शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर, अहिले उनले ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन् ।
एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार
एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् । जसमा दामोदर भण्डारी उद्योग, डा. विमला राई पौडेल परराष्ट्र, राजेन्द्र राई भूमिसुधार, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका, हरिप्रसाद उप्रेती रक्षा, ज्वाला साह कृषिमन्त्री नियुक्त हुने भएका छन् । आजै प्रधानमन्त्री प्रचण्डको सिफारिसमा...
एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार
एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार एमाले अध्यक्ष केपी ओलीले बाँकी सात मन्त्री र एकजना राज्यमन्त्री सबै नयाँ अनुहार छानेका छन् ।
झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली, पृथ्वी सुब्बा पछि परे
झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली, पृथ्वी सुब्बा पछि परे एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् ।
माओवादीबाट मोदी, शर्मा र किराँती मन्त्री बन्दै
माओवादीबाट मोदी, शर्मा र किराँती मन्त्री बन्दै सत्तागठबन्धनमा माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय पाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् । 
मधेस प्रदेशः आज सभामुख निर्वाचन
मधेस प्रदेशः आज सभामुख निर्वाचन नवनिर्वाचित प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै
बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिदै आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार
लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम निर्बिरोध, उपसभामुखमा ३ जना उम्मेदवार नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।
Weather Update