Public Pana
संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन्
संवैधानिक इजलासमा बहस : प्रक्रिया पूरा नगरेकाले रवि लामिछाने नेपाली नागरिक होइनन् कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस भइरहेको छ ।
माओवादीका २ जनाले लिए मधेश प्रदेशसभा सदस्यको शपथ
माओवादीका २ जनाले लिए मधेश प्रदेशसभा सदस्यको शपथ  नेकपा माओवादी केन्द्रका दुईजना मधेश प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा बुधबार भएको समारोहमा सभामुख रामचन्द्र मण्डलले रजि हैदर र रुवी कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  उनीहरु समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।   
गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामाथि सुनुवाइ जारी
गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दामाथि सुनुवाइ जारी नागरिकताको वैधतमा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । 
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा
एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन÷सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।
गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट
गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।
राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा
राष्ट्रियसभामा गुणस्तरहीन औषधिदेखि शीतलहरसम्मका कुरा राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सदस्यहरुले शहीद सप्ताह र विमानस्थलमा भएको हिजोको घटनाले सुशासनका लागि दिएको चुनौतीलगायत विषयमा सदनमार्फत् सरकारले ध्यानाकर्षण गराउनुभएको हो ।
नवनियुक्त योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ
नवनियुक्त योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले लिए शपथ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती
नेपाल वायु सेवा निगमको निरीक्षणमा पर्यटनमन्त्री किराती निगमको सोमबार निरीक्षण गर्दै मन्त्री किरातीले आमजनताले महसुस र देख्नेगरी परिणाम यथाशिघ्र ल्याउनेगरी काम गर्न निर्देशन दिए । 
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर
कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै काठमाडौंमा सोमबार र मंगलबार दुई दिन चल्न बस्न लागेको बैठकमा निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 
प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री
प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ।...
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको हो । नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।
Weather Update